बिर्तामोड। चौधरी ग्रुपले अकबरे खोर्सानीको स्वादमा रहेको ‘वाईवाई अकबरे’ सार्वजनिक गरेको छ । कम्पनीले झापाको बिर्तामोडमा एक समारोहको आयोजना गर्दै वाईवाई अकबरे सार्वजनिक गरेको हो ।
नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले उपभोक्ताको मागलाई ध्यानमा राखेर नयाँ स्वादमा चाउचाउ उत्पादन गरेको जनाएको छ । नयाँ चाउचाउले बजारमा छुट्टै पहिचान बनाउने कम्पनीको विश्वास रहेको सिनियर जेनेरल मेनेजर विश्वास राईले बताए ।
नेपाल, भारत, सर्विया, काजकस्तान र इजिप्टलगायत देशमा उद्योग रहेको चौधरी ग्रुपका उत्पादन विश्वका ४० देशमा निर्यात भइरहेको छ । चौधरी ग्रुपका १ सय ६० वटा कम्पनी र त्यसमा १५ हजार कर्मचारी कार्यरत रहेको राईले बताए । चौधरी ग्रुपका प्रदेश प्रमुख रामजी कटवालका अनुसार वाईवाई अकबरे बजारचाउचाउ २५ रुपैयाँमा उपलब्ध हुनेछ । कम्पनीले होलसेलर समिट–२०७७ आयोजना गरी नयाँ चाउचाउ सार्वजनिक गरेको हो ।
बजारमा विभिन्न कम्पनीले अकबरेको स्वादमा चाउचाउ उत्पादन गरेर बिक्री गरिरहेका छन् । बजारमा पाइने चाउचाउको स्वाद अध्ययन गर्दा वास्तविक अकबरेको फ्लेबर भएको चाउचाउ नपाइएको हँुदा कम्पनीले नेपाली स्वादको अकबरे चाउचाउ उत्पादन गरेर ल्याएको दाबी गरेको छ । यो चाउचाउमा उपभोक्ताको आकर्षण रहनेमा कम्पनी विश्वस्त रहेको कटवालले बताए ।