धरान । भ्यालेन्टाईन डेको अवसरमा धरानको हाङ्कुक साराङ कोरियन रेष्टुरेन्टमा विशेष साङ्गीतिक कार्यक्रम हुने भएको छ । 

आज आइतबार बेलुका हुने भ्यालेन्टाईन विशेष कार्यक्रममा वाईवाई नेपाल स्टारका उपविजेता धरानका गायक सन्देश बम्जन लामाले प्रस्तुती दिने कार्यक्रम रहेको रेष्टुरेन्टका सञ्चालक महेश श्रेष्ठ बिकीले जानकारी दिए । यस्ता अवसरहरुमा विभिन्न कार्यक्रम गर्दै आएको कोरियन रेष्टुरेन्ट कोरियन परिकारका लागि प्रदेश १ मै परिचित छ ।

भ्यालेन्टाई डेका अवसरमा युवापुस्ताका साथै सबै किसिमका ग्राहकलाई मनोरञ्जन दिन यस्तो कार्यक्रम आयोजना गरिएको सञ्चालक श्रेष्ठले बताए ।