ब्लाष्टखबर । धरान १५ का विष्णु बेघालाई छुरा प्रहार गरी फरार भएका तेजबहादुर पक्राउ परेका छन् । 

गत कार्तिक २८ गते साझमा सेउती खोलाको बगरमा २२ वर्षीय विष्णुलाई छुरा फरर भएका धरान ५ किसान चोकका २४ वर्षीय  तेजबहादुर भनिने तेन्जिङ तामाङलाई मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

कार्यालयका अनुसार पक्राउ परेका तामाङमाथि ज्यान मार्ने उद्योगमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।