विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्ने दुई युवा रङ्गेहात पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामधुनी–१ सुनसरीका १९ वर्षीय आकाश चौधरी र २० वर्षीय अमर चौधरी पक्राउ चौधरी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको निःशुल्क पार्किङ स्थलबाट चोर्ने प्रयास गर्दैगर्दा प्रतिष्ठानका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनीहरुले को ३५ ब १२८९ नंम्बरको पल्सर मोटरसाइकलको तार काटेर लग्ने प्रयास गर्दैगर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनले प्रतिष्ठान सुरक्षाकर्मीले पक्राउ गरि बुझाएको बताए । पक्राउ पर्नेहरुलाई आवश्यक अनुसन्धान गरि कानुनी कार्वाही अगाडी बढाउने डिएसपी बस्नेतले बताए ।