धरान। मोटरहेड ब्राण्डको स्पोर्टस् भर्सन बाइकहरूको नयाँ मूल्य कायम गरिएको छ । 

नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ मूल्य कायम गरेको जानकारी दिएको हो । कम्पनीले स्पोर्टस् रोड भर्सनको मूल्य ३ लाख ७० हजार रुपैयाँ कायम गरेको छ भने स्पोर्टस् अफरोड भर्सनको नयाँ मूल्य ३ लाख ६८ हजार रुपैयाँ कायम गरेको हो ।

त्यस्तै मोटरहेड एमएच २०० को मूल्य ३ लाख ७५ हजार रुपैयाँ, टेक्कन २५० को ३ लाख ९५ हजार रुपैयाँ र स्क्र्याम्ब्लर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिका जनरल मेनेजर उज्वल जोशीले जानकारी दिए । 

काठमाडौंका विभिन्न स्थानमा बिक्री सेण्टर रहेको छ भने काठमाडौंबाहिर बनेपा, नेपालगञ्ज, चितवन, वीरेन्द्रनगर, वीरगञ्ज, तुलसीपुर, पोखरा, इटहरी, बाग्लुङमा रहेको छ । मेनेजर जोशीका अनुसार ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले बिर्तामोड, दमक, मिर्चैया, बर्दीबास, हेटौंडा, गोर्खा, दमौली र नुवाकोटमा पनि डिलरसिपका लागि आह्वान गरेको छ ।