विराटनगर ।  मोरङमा चालु आर्थिक वर्षको ६ महिनामा ५५ जना महिला बलात्कारको सिकारमा परेका छन् । 

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५५ वटा जबरजस्ती करणी र १६ वटा जबरजस्ती करणी उद्योगका घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीको अर्धवार्षिक तथ्याङ्क अनुसार साउनमा १०, भदौमा ११, असोजमा ९, कार्तिकमा १०, मङ्सिरमा ६ र पौैषमा ९ वटा जबरजस्ती करणीका घटनाहरू दर्ता भएका छन् ।

यस्तै, जबरजस्ती करणी उद्योगतर्फ भने साउनमा ३, भदौमा २, असोजमा ६, कात्र्तिकमा २, मङ्सिरमा १ र पौषमा २ वटा घटनाहरू दर्ता भएको मोेरङ प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए । 

मोरङ प्रहरीको पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा जबरजस्ती करणीका ८० र उद्योगका ४७ वटा घटनाहरू दर्ता हुन आएका थिए ।

यस्तै २०७५/०७६ मा पनि करणीका १ सय ७ र उद्योगका ५७ वटा घटनाहरू दर्ता भएको मोरङ प्रहरीको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमामा पनि मोरङमा करणीका ९२ र उद्योगका ५२ वटा घटनाहरू दर्ता भएको मोरङ प्रहरीले जनाएको छ ।