विराटनगर । मोरङको जहदा गाउँपालिका घर भएकी एक जना बालिकामाथि सामूहिक बलत्कार भएको छ । 

पिसाब फेर्न निस्किएका १४ वर्षिय बालिकालाई अपहरण शैलीमा मोटसाइकलमा राखेर घरदेखि दुई किलोमिटर दक्षिण मकैबारीमा लगेर सामूहिक बलत्कार गरेको पीडित परिवारको भनाई छ । 

सोमबार राती साढे ९ बजेको समयमा ती किशोरीलाई पिसाब लागेपछि घरबाहिर रोड नजिकै नालामा निस्कीएकी थिइन् । ‘पिसाबले च्यापेपछि पाँच मिनेट गर्न निस्कीएको थिए, २ जना केटाहरु बाईकमा आयो र जवरजस्ती मेरो मुख थुनेर बाईकमा बसाएर लग्यो ।

म चिच्याउन खोज्दा पनि मेरो मुख थुनिदिए । मैले केही बोल्न सकिन । घरदेखी धेरै टाढा रानी भेडयारीको मकैबारीमा लगेर जवजस्ती लुगा खोल्न लगाए । यो कुरा कसैलाई भनिस भने मारदिन्छु सम्म भन्ने धम्की दिए,’ रूदै ती बालिकाले ब्लाष्टसँग भनिन् ।

रातको समयमा घरबाहिर रोड नजिकै नालामा पिसाब फेर्न निस्कीएकी ती बालिकालाई मोटरसाईकलमा आएका जहदा गाउँपालिका १ का २२ वर्षिय जितेश कुमार यादव र सोही ठाउँका २१ वर्षिय अजय वैठाले मकैबारीमा लगेर सामूहिक करणी गरेको पीडितको आरोप छ ।

पीडित परिवारले मंगलबार इलका प्रहरी कार्यालय रानी विराटनगरमा किटानी जाहेरी पनि दिएका छन् । इप्रका रानी विराटनगरले पीडितले दिएको जवरजस्ती करणाीको किटानी जाहेरी पनि दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको रानीका प्रमुख इनिस्पेक्टर दिपक थापाले जानकारी दिए ।

‘पीडितको जाहेरी परेपछि घटनाको अनुसन्धानको सुरू गरेका छौं । पीडितको स्वास्थ्य परीक्षण पनि भएको छ । रिपोट आउन बाँकी छ ।’ प्रहरीमा जाहेरी परेपछि आरोपी फरार छन् । प्रहरीले उनीहरूको खोजी कार्य तिव्र बनाएको छ  ।

दुई युवाले जबरजस्ती बालिकाको मुखमा सलको बुझोले थुनेर मोटरसाईकलमा लगेर मकैबारीमा लगेर बलत्कार गरेको ती बालिकाको भनाई छ । 

यता बालिकालाई मोटरसाईकलमा हाल्नुभन्दा अगाडी छिमेकी विरेन्द्र राजवशीले २ जना व्यक्तिहरुलाई देखेको बताएका छन् । घटना हुनुभन्दा अगाडीदेखी नै २ जना युवाहरु ती बालिकाको घर छेउछाउ मोटरसाईकलमा डुलेको राजवंशीले बताए ।

तर, पछि रातको समयमा पुनः ती नै युवाहरुले बालिकालाई अपहरण शैलीमा लैजादै गरेको समेत देखेको उनले सुनाए । रातको समय र टाढा भएका कारण बालिकाको बुबालाई घटनाबारे जानकारी दिदै मोटरसाईकलको पिछा गर्दा पनि आफु नभेटेको उनले बताए । 

१४ बर्षिया बालिकामाथि जबरजस्ती करणी गर्नेहरुलाई हदै सम्मको कारबाही हुनुपर्ने स्थानियहरुले बताएका छन् । उनीहरु चढेको मोटरसाईकलको पेट्रोल सकिएका कारण मोटरसाईकल स्थानिय उदित चन्द यादवको घरमा छोडेर भागेका थिए । बालिकालाई प्रयोग गरिएको को २२ प १८१६ नम्बरको डिसकभर मोटरसाईकल ईलाका प्रहरी कार्यालय बुधनगरको नियन्त्रणमा रहेको छ ।