बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ बस्ने एक युवा माथी शनिबार राती धारिलो वस्तु प्रहार भएको छ । 

बेलबारी वडा नं २ बस्ने वर्ष २२ का अनिल उराउ र सोही वडा बस्ने वर्ष २४ का दिनेश दाहाल बिच सामान्य वादविवाद हुदा दिनेश माथी अनिलले धारिलो वस्तु प्रहार गरेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

शनिबार राती करिब ६ बजे बेलबारी नगरपालिका वडा नं २ स्थित सिंहदेवी डाडामा उक्त घटना भएको प्रहरीले जनाएको छ । अनिलले धारिलो वस्तु प्रहार गरि फरार भएका थिए । घटना भएको ३ घण्टा पछि ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल र स्थानिय वासिन्दाको सक्रियतामा मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० बाट प्रहरीले उराउलाई  नियन्त्रणमा लिएको छ । 

गम्भीर घाइते भएका दाहालको विराटनगर स्थित विराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उपचारमा रहेका दाहलको पेटबाट आन्द्रा निस्किएको छ । प्रहरी निरिक्षक ढकालका अनुसार उराउलाई नियन्त्रणमा लिएर घटना सम्बन्धी थप अनुसन्धान भईरहेको छ ।