ब्लाष्टखबर । पाेखरामा श्रीमानले बन्चरो प्रहार गरि श्रीमतीकाे हत्या गरेका छन् । महानगरपालिकाकाे ३३ नम्बर वडा उपल्लाे पुडीमा बस्ने ५० वर्षीय गगन बहादुर पुनले ४२ वर्षीय  श्रीमती हरिमाया पुनको   बन्चरो प्रहार गरि हत्या गरेकाे कास्की प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार पर्वत जिल्लाकाे जलजला गाँउपालिकाकाे वडानम्बर ७ स्थित धाइरिङमा घर भइ पाेखरा बस्दै अाएका विच बिहीवार राती अन्दाजी ८ बजेको समयमा  खाना नबनाएको विषयमा झगडा  भएकाे प्ररम्भिक अनसन्धानमा खुलेकाे छ । 

शुक्रबार बिहान हरिमाया आफ्नो सुत्ने कोठामा मृत अवस्थामा रहेको सुचनाका आधारमा घटनास्थल पुगेकाे ईलाका प्रहरी कार्यालय शिसुवा डाँडाबाट प्रहरीको टोलीले शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल ल्याएको थियो ।

श्रीमती हत्या गरी फरार रहेकाे श्रीमानलाई  पोखरा ३३ लामगादीबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।