ब्लाष्टखबर । उर्लाबारी  नगरपालिका १ मा हतियारमा प्रयाेग हुने १८५ राउण्ड गाेली  बरामद भएकाे छ । 

नगरपालिकाकाे १ नम्बर वडा स्थित लक्ष्मीझारमा रहकाे लबहादुर लिम्बुको कुखुराकाे खाेर नजिकैबाट जमिन मुनी गाडेका अवस्थामा  ७.६२ एमएमकाे १८५ राउण्ड गोली वरामद भएको  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

कार्यालयका अनुसार  स्थानिय काम गर्ने मजदुर भक्तबहादुर सुबेदीले खन्ने क्रममा प्लाष्टिककाे पाेका फेलापारेकाे र खाेलेर हेर्दा गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए । खिया लागेकाे अवस्थामा रहेका उक्त गाेली द्वन्दकालकाे बेलामा लुकाएकाे हुन सक्ने कार्यालयले बताएकाे छ ।