भद्रपुर । झापाको भद्रपुरमा ससुराले आफ्नै बुहारीलाई बलात्कार गरेको घटना बाहिर आएको छ । ससुराले जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालय झापामा जाहेरी दिएपछि यस्तो घटना बाहिर आएको हो ।

भद्रपुर नगरपालिका–६ का २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

ससुराले माघ १५ गते घरमा कोही नभएको मौका छोपी उनलाई करणी गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएको उनले जनाए ।  वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीतलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी प्रहरी कार्यालय झापा पठाएको छ ।  जाहेरीको आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।