भद्रपुर / सञ्चारमाध्याममा भारतीय चिठ्ठाको विषयमा समाचार सार्वजनिक भएपछि जनपथ प्रहरीले चासो देखाएको छ । प्रहरीकै संरक्षणमा भारतीय चिठ्ठा सञ्चालन शिर्षकमा आइतबार ब्लाष्ट टाइम्स दैनिकमा र र्दुइदिन अघि ब्लाष्ट खबर डटकममा समाचार सार्वजनिक भएको थियो । 

सोही समाचारलाइ लिएर झापा प्रहरीले सादा पोशाकमा प्रहरी कर्मचारी परिचालन गरि आइतबार विहान ११ बजे भद्रपुर ५ बसपार्कबाट चिठ्ठा बेचिरहेको अवस्थामा प्रहरीले चिठ्ठासहित एक भारतीय युवकलाइ नियन्त्रणमा लिएको हो ।

भारत बङ्गाल डाँगीजोत बस्ने २२ वर्षिय मोहमद समिर नाम बताउने व्यत्तिलाइ नियन्त्रणमा लिएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए । उनको साथबाट ४ हजार मूल्य बराबरका पन्ध्रठेली चिठ्ठा बरामद गरिएको उनको भनाइ छ । थप अनुसन्धानसहित कानूनी कारबाहीका लागि जिल्लामा राखिएको उनले जानकारी दिए । 

chittha

चिठ्ठासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले आपसी सहमतिमा पटक– पटक छाड्दै आइरहेको घट्ना सार्वजनिक भइसकेको छ  । 

भारतका  र नेपालका  केही युवा समूह दिनभर भद्रपुरमा चिठ्ठा बिक्रीवितरण गराउन बसिरहेको प्रहरीले पक्राउ गरेको घटनाले पुष्टि गरेको छ ।

भद्रपुरको बजारमा रहेको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास  कामेश्वर कम्प्लेक्स , सब्जी लाइन , सुन पसल ,बस पार्क, गिरी चोक, चन्द्रगढीका सुन लाइनमा भारतीय चिठ्ठाको  खरिद बिक्री हुने गरेको खेलाडी नै बताउँछन् । 

भारतबाट दैनिक ज्याला मजदूरीमा नेपाल आउनेदेखि कवाडीका सामान खोज्न आउने, लागूऔषध बिक्री गर्न आउने, पोके तस्करीमा संलग्न हुने लगायतले भारतीय चिठ्ठा नेपाल भित्र्याउने र यहाँका केही उचन्ते पेशामा संलग्न व्यक्तिहरूले खरिद गरी समूह बनाएर वा एक्लै दैनिक चिठ्ठा खेल्ले लतनै बसीसकेको पाइएको छ । 

अहिले बजारमा १०,२५,५०,१०० र २०० सीरीजका चिठ्ठा भद्रपुर तथा चन्द्रगढी क्षेत्रमा बिक्री भइरहेका छन् । नेपाली समय अनुसार दिउँसो १२ बजे ,अपरान्ह् ४ बजे र वेलुका ८ बजे खुल्दै आइरहेको छ ।