विराटनगर । इलाम घर भइ विराटनगर बस्दै आएकी १७ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले भारतको फारबिजगन्जका ३९ वर्षिय प्रभास देव किशोरीलाई यौन दुर्व्यवहार  गरेको आरोपमा पक्राउ परेका हुन् । 

ती किशोरी एक वर्ष अगाडी देखि फारबिजगन्जमा देवको घरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी थिइन् । किशोरीकी आमा विरामी भएपछि महिना दिन अगाडी विराटनगरमा डेरा गरि बस्ने  आमालाई भेटन आएकी थिइन् । आमालाई क्यान्सर भएपछि उपचारको लागि भारतपुर क्यान्सर अस्पतालमा लगेर उपचार हुँदै आएको छ ।

गत बिहीबार देव किशोरीलाई लिन विराटनगर आएका थिए । ‘आमालाई उपचार गर्ने खर्च  २ लाख रुपैयाँ दिने सर्तमा भारत लैजान खोजेको पाइयो,’ इप्रका रानी विराटनगरका प्रमुख इन्स्पिेक्टर दिपक थापाले भने, ‘भारत लैजाने क्रममा विराटनगर १६ दक्षिण गेटदेखि पक्राउ गरिएको हो । आर्थिक प्रलोभन देखाएर यौन शोषण गर्न भारत लैजान खोज्ने देवलाई प्रहरी र साना हात नामक संस्थाले पक्राउ गरेको हो । 

पक्राउ परेका देबले यसअघि फारबिजगन्जमा घरेलु कामदारको रुपमा राख्दा यौन दुर्व्यवहार गरेको आरोप छ । ‘देवको श्रीमति गर्भवती भएपछि ती किशोरीलाई यौन दुर्व्यवहार गरेको पीडित किशोरीले भनेकी छिन्, ‘मालिकनी (देवको श्रीमति) गर्भवती भएपछि जवरजस्ती रुपमा मेरो सम्बेदनशिल अंकमा छुने र चलाइदिने गरेका थिए । मैले प्रतिकार गर्ने गरेका थिएँ,’ पीडित किशोरीले दिएको जाहेरीमा उल्लेख छ ।’

पक्राउ परेका देवलाई शुक्रबार बाल यौन दुव्र्यहार मुद्दामा म्याद थप गरि इप्रका रानी विराटनगरले अहिले अनुसन्धान गर्दै आएको इनिस्पेक्टर थापाले जानकारी दिए ।