ब्लाष्टखबर  । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) पार्टी एकता राष्ट्रिय अभियानका लागी सुनसरीबाट ७ जना केन्द्रिय अभियानता चयन भएका छन् । 

एकता अभियानले गठन गरेको ६ सय ५१ सदस्यीय केन्द्रीय अभियान समूहमा सुनसरीबाट  इनरुवा नगरपालिका–३ नं. वडाध्यक्ष कालुराम गुरुङ,  जिल्ला नेता इन्द्र पोखरेललगायत  सात जना केन्द्रीय अभियन्तामा चयन भएका हुन् । 

उनिहरूसँगै, नेकपा दुइ समुहमा विभाजित भएपछि केन्द्रिय उपाध्यक्ष बामदेव गौतमद्वारा नेतृत्व गरेकाे पार्टी एकता राष्ट्रिय अभियानमा सुनसरीबाट ठूलाे संख्यामा सहभागी भएका छन् ।

जसमा धरान उपमहानगरपालिकाका पूर्व मेयर मनोजकुमार मेयाङ्वो, धरान उपमहानगरपालिकाका ७ नं वडाध्यक्ष जीवन सुवेदी, धरानका अगुवा कार्यकर्ता डम्बर गुरुङ, गणेश गुरागाई, हिमाल सुवेदीलगायत रहेका छन् ।

अन्यको पनि सहभागीता जारी रहेको अभियान्ता दिलिप घिमिरेले जानकारी दिए ।

अभियानमा थपिने क्रम जारी रहेको कालुराम गुरुङरले जानकारी दिए । ‘पार्टी फुट्नु हुदैंन जुट्नु पर्छ भन्ने हाम्रो सन्देश हो । यो अभियान अव हामी टोलटोलमा पुगेर चलाउछौं । पार्टी एकता गरेर मात्र हामी फर्कछौं ।’– कालुराम गुरुङले भने ।

बुधबार घोषणा भएको कार्यक्रममा गुरुङसहित केही नेताहरु उपस्थिति थिए । 

‘‘पार्टी एकताको विकल्प छैन । नेताहरुको स्वार्थमा श्रम, पसिना र जीवन उत्सर्जन गरेकाहरुलाई विभाजन गरेर अन्यायमा पार्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’–घिमिरेले भन्नु भयो । सुनसरीमा पार्टी एकताको पक्षमा अभियान्ता थपिने क्रम बढेर गएको उहाँको भनाई छ ।