देउराली । मोरङको जहदा गाउँपालिकामा माछाको भुरासहित भारतीय नम्बरप्लेट भएको पिकअप बरामद भएको छ ।

गाउँपालिकाकको ७ नम्बर वडा स्थित डुमरीयामा रहेको दशगजा क्षेत्रमा अन्दाजी १५०० किलो माछाको भुरा लोड गरेको डव्लु वी २५ जे ०७५४ नम्बरको बलेरो पिकअप बरामद भएको प्रहरी चौकी मझारेले जनाएको छ । 

प्रहरी चौकीका अनुसार भारतीय सिमा सुरक्ष बलले भारतीय क्षेत्रबाट खेदाउने क्रममा नेपाल तर्फ ल्याई चारक फरार भई बेवारीसे अवस्थामा फेला परेको हो । 

बरामद भएको माछाका भुरा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई नष्ट गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।