धरान । धरानबाट १ किले ९ सय ग्राम गाँजा सहित एक युवा पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका १४ का २३ वर्षीय कमल विष्ट मंगलबार धरान, भानुचौकबाट पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उनलाइ सुनसरी जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएकाे छ ।