धनकुटा। जिल्ला अदालत धनकुटाले आफ्नै विद्यार्थि माथि पटक पटक यौन शोषण  गर्ने एक शिक्षक सहित चार जनालाई १८ वर्ष ६ महिना कैद सजाय हुने गरी फैसला गरेको छ । 

धनकुटा नगरपालिकाकी एक १३ वर्षिया दलित बालिका माथि पटक÷पटक भएको यौन शोषणको घटनामा संलग्न भएको पुष्टी गर्दै अदालतले पिडित पक्षले गरेको अदालती कार्वाहीको माग प्रतिको सुनवाई गरेको हो ।

अदालतले यौन शोषणको घट्नामा संलग्न धनकुटा नगरपालिका वडा नं.६ माथिल्लो गोकुण्डेश्वर माध्यामिक विद्यालयका शिक्षक मदन अधिकारी, सोही वडाका गौरी अत्री, देवेन्द्र श्रेष्ठ र भक्तवहादुर मगरलाई दोषी ठहर गरेको हो । अदालतले दोषी ठह¥याएको शिक्षक मदन अधिकारी वाहेक तिन जना उमेरले ६० काटिसकेका छन् ।

धनकुटा जिल्ला अदालतका न्यायधिश फडिन्द्रप्रसाद पराजुलीको इजालासले शिक्षक अधिकारीलाई १८ वर्ष, ६ महिना कैद संँजाय र गौरी अत्री, देवेन्द्र श्रेष्ठ र मगरलाई १८ वर्ष कैद सँजाय तोकिएको छ । यौन शोषणको घट्ना पुष्टी भएका चारै जनालाई अदालतले पिडित बालिकाको लागी जनही १ लाख, ५० हजार क्षतिपुर्ति र २५ हजार जरीवाना तोकेको छ ।

बलात्कृत बालिकालाई पढाउने शिक्षक भएको हिसावले अधिकारीलाई अन्यको तुलनामा ६ महनिा वढी सँजाय तोकिएको जिल्ला अदालत धनकुटाका श्रेस्तेदार राजन वास्तोलाले जानकारी दिए । उनले भने– “शिक्षक आफै संरक्षक पनि हो, शिक्षकले विद्यार्थिको संरक्षण गर्ने दायित्व पनि हुन्छ । तर संरक्षणबाटै पटक÷पटक आफ्नै विद्यार्थिलाई यौन शोषण भएकाले शिक्षक अधिकारीलाई अन्यको भन्दा अरु थप ६ महिना वढी सँजाय तोकिएको हो ।”

धनकुटा नगरपालिका वडा नं.६ सिरान वजार स्थित् गोकुण्डेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत बालिकामाथि लामो समय देखी पटक÷पटक यौन शोषण हुँदै आएको घटना ०७७ जेष्ठको पहिलो साता सार्वजानिक भएको थियो । सोही विद्यालयका शिक्षक अधिकारी सहित वुढेसकाल लागेका अन्य तिन वृद्ध गरी चार जनाबाट पटक÷पटक यौन शोषणको शिकार भएकी बालिकाको पेटमा गर्भ रहेर पेट वढ्दै गएपछि सोधपुछ गर्ने क्रममा घट्नाको रहश्य खुलेको थियो ।

पिडित बालिकाले आफुलाई ललाई फकाई ६ महनिा अघि देखी देखी विभिन्न स्थानमा लगेर चारै जनाले फरक फरक समयमा पटक÷पटक शारिरिक सम्पर्क राख्न वाध्य वनाएको वयान दिएकी थिईन । 

आफ्नो छोरी सामुहिक यौन शोषणमा परेको बालिकाको आफन्तले थाहा पाएपछि परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले संलग्न चारै जनालाई तत्काल पक्राउ गरेको थियो । १८ वर्ष मुनीका बालिकासंग सहमती मै शारिरिक रुपमा यौन सम्पर्क गरेपनि सम्पर्क गर्ने व्याक्ति विरुद्ध जवर्जस्ती करणी वा बलत्कार गरेको कसुर अन्तर्गत कारवाही हुने कानुनी व्यवस्था भएकोले प्रहरीले चारै जना विरुद्ध जवरजस्ती करणी मुद्धा दाहेर गरेको थियो ।

सोही विषयलाई लिएर नेकपा धनकुटाका तत्कालिन प्रचार विभागका जिल्ला उपाध्यक्ष एवं पार्टीका सदस्य समेत रहेका शिक्षक मदन अधिकारीले भने आफु निर्दोष रहेको दावी गर्दै विज्ञप्ती समेत जारी गरेका थिए । सो घट्नाको विषयलाई लिएर शिक्षक अधिकारीलाई नेकपा धनकुटाका पार्टी अध्यक्ष राजेन्द्र कुमार राईले ०७७ जेष्ठ ११ गते एक विज्ञप्ती जारी गरेर अदालतको निर्णय नआएसम्मको लागी भन्दै नेकपाको साधरण सदस्यता समेत नरहने गरी पार्टीबाट निस्काशन गरेका थिए । 

अन्ततः अदालतले उनीहरु चारै जनालाई दोषी ठहर गर्दै शिक्षक अधिकारीलाई १८ वर्ष ६ महिना र अन्य तिन जनालाई १८÷१८ वर्ष लामो सँजाय सुनाएको हो । यता सामुहिक यौन शोषणमा परेकी बालिकाले भाद्र्र २२ गते छोरी जन्माएकी छन् । उनी अहिले महिला पुनस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा वस्दै आएकी छन् । उनले जन्माएको छोरी कस्को भन्ने निक्र्योल हालसम्म हुन सकेको छैन भने कानुनी रुपमा पनि ती वच्ची र बालिकाको भविश्य के हुने भन्ने अन्योल कायमै छ ।