ब्लाष्टखबर । पथरीमा लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । 

पथरीशनिश्चरे–४ स्थित कल्पना राईको घरमा अवैधरुपमा लागूऔषध सेवन तथा बिक्री भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेकाे प्रहरी टाेलीले  पथरीशनिश्चरे–४ का २२ वर्षीय दशरथ भनिने छिरिङ राई, २४ वर्षीय सिजन भनिने नवराज राई, १९ वर्षीय साजन राई र भोजपुर साल्पासिलोछो गाउँपालिका–२ का १९ वर्षीय निराज राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, पथरीशनिश्चरेले जनाएकाे छ । 

पक्राउ परेका उनिहरूकाे साथबाट खैराे हेराेइन  ६३० मिलिग्राम, गाँजा ७६ ग्राम, विभिन्न हातहतियारका गोली चार थान, गोलीको खोका एक थान ट्रामाडोल क्याप्सुल ९० थानलगायत खुकुरी, नक तथा नगद बरामद भएकाे उक्त कार्यालयले जनाएकाे छ । 

 पक्राउ परेका ४ जनामाथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।