मोरङ। मोरङ विराटनगर  १७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी धरान–९ का ३९ बर्षीय सुवास लामीछाने रहेका  ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । कार्यालयका अनुसार लामीछानेलाई विशेष सुराकका आधारमा  लागुऔषध  स्पास्माे प्राेक्साेभाेन १६९ ट्याब्लेट, नाइट्राभेट १५ ट्याब्लेट, निट्जाकेयर २० ट्याब्लेट र डाइलाेक्स डिसी २० बाेतलसहित पक्राउ परेका हुन् । 

पक्राउ पर्ने   लामीछाने माथी थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।