भण्टाबारी । सरकारले गरेको प्रतिनिधि सभा विघटन विरुद्ध देशैभर नेपाली काङ्ग्रेसको विरोध प्रदर्शन भइरहँदा  सुनसरी सदरमुकाम इनरुवामा भने फरक तरिकाले विरोध प्रदर्शन गरिएको छ ।

वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई  संवैधानिक 'कु' को संज्ञा दिदै इनरुवामा अनुहारमा कालो पट्टी बाधेर विरोध प्रदर्शन गरिएको हो ।

इनरुवा नगरपालिका ३ नम्बर वडा कार्य समिति इनरुवाको आयोजनामा बिहीबार दिउँसो प्रतिनिधि सभा विघटनको निर्णयलाई संवैधानिक 'कु' भन्दै विरोध प्रदर्शन गरिएको थियो ।

भाषण गर्नुसाटो वर्तमान सरकारले गरेको असंवैधानिक निर्णयका विरुद्ध आफूहरूले सांकेतिक विरोध स्वरुप अनुहारमा कालो पट्टी बाधेर विरोध कार्यक्रम आयोजना गरिएको इनरुवा नगरपालिका ३ नम्बर वडा कार्य समिति इनरुवाका सभापति सुनोज निरौलाले जानकारी दिए ।

सबैको व्यस्ततालाई मध्यनजर गर्दै सांकेतिक विरोध कार्यक्रम आयोजना गरिएको बताउदै उनले भने भाषणबाजी गर्नुसाटो अबका दिनमा यस्ता कार्यक्रम गर्नु उपयुक्त हुने तर्क गरे ।