उर्लाबारी । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधी सभा बिघटन विरुद्ध विरुद्ध बिहीबार नेपाल कांग्रेस उर्लाबारीले नगरका सवै वडामा बिरोध सभा संम्पन्न गरेको छ ।
पार्टीको वडा नं. –७ वडा समितिको आयोजनामा स्थानिय बरगाँछी चौकमा आयोजित बिरोध सभामा नगर प्रमुख समेत रहेका क्षेत्रिय सभापति फागोले नेपाली कांग्रेसको नेतृत्वमा मात्र स्थायीत्व र देश बिकास हुने बताउँदै अवका दिनमा जनमुखी बनेर कार्य गर्ने पार्टी र प्रतिनिधीलाई मात्र निर्वाचित गराउन आग्रह गरेका छन ।
सभापति फागोले ईतिहासमा जनआन्दोलन पश्चात जारी भएका मुलुकका सवै संविधानहरु नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको प्रसंग उठाउँदै कम्युनिष्टको नेतृत्वमा कुनै काम हुन नसकेको उल्टै अनि मुलुक अनिर्णयको बन्दी र अहित मात्र हुन पुगेको बताएका छन ।
बिहीबार नगरका सवै वडामा बिरोध कार्यक्रम भएका नगर सभापति बिरबल थापाले बताएका छन ।
कार्यक्रममा महासमिति सदस्य ललित अधिकारी, जिल्ला सदस्य सिता कार्की, प्रकाश खड्गी, महाधिवेसन प्रतिनिधी, प्रकाशचन्द्र थापा, क्षेत्रिय उपसभापति शेरबहाुदर भण्डारी, कोषाध्यक्ष नेत्रकुमारी भट्टराई, सदस्य गिता खतिवडा, क्षेत्रिय सल्लाहाकार नरबहादुर मोक्तान, होमबहादुर थापा, केशवबहादुर कार्की,नगर सभापति बिरबल थापा, नेपाल महिला संघका क्षेत्रिय सभापति गोमा नेपाल सहितका दर्जनौ वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा बिघटन गरी संवैधानीक कू गरेको आरोप लगाउदैँ संसद पूर्नस्थापना हुनु पर्ने बताएका छन ।
































