विराटनगर । नेपाली काँग्रेस १ नम्बर प्रदेशको संसदीय दलको बैठकले प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएपछि मात्रै कुन पक्षमा बस्ने निर्णय गर्ने निष्कर्ष निकालेको छ । 

प्रदेशसभा सचिवालयमा मंगलबार बसेको काँग्रेसको संसदीय दलको बैठकले यस्तो निर्णाय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए । 

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफै अविश्वासको प्रस्ताव ल्याउनु पर्नेमा त्यो गर्न नसक्ने अबस्थामा अरुले नै अविश्वासको प्रस्ताव दर्ता गराएकाले त्यसको पक्षमा बस्नु नैतिक धर्म भएको उनले बताए । कांग्रेसलाई सरकारमा जान कुनै हतारो नभएको कार्कीले बताए । काँग्रेसको दलको बैठक जारी रहेको उनले बताए । ‘मंगलबार बसेको बैठकमा सहभागि हुनुभएको प्रदेश सभा सदस्य ज्यूहरुको राय लिने काम भयो । यो क्रमम जारी छ,’ उनले भने, ‘प्रदेशसभा बैठक सकिएपछि पुन काँग्रेसको संसदीय दलको बैठक बस्नेछ ।’