काठमाडौं । प्रेस संगठन नेपाल सुनसरीको नाममा स्थापना गरिएको स्व डम्बरबहादुर स्मृति पत्रकारिता पुरस्कारका लागि प्रेस संगठन नेपाल बागमती प्रदेश इञ्चार्ज विश्वमणी सुवेदीले चेक हस्तान्तरण गरेका छन् ।
उनको जन्मदिनको अवसर पारेर सोमबार काठमाडौको धुम्बाराहीमा आयोजित एक समारोहको बिच ११ हजार १ सय एकको चेक संगठनलाई हस्तान्तरण गरेका हुन् ।
सुनसरीका पुराना बामपञ्थी विचारमा आस्था राख्ने पत्रकार थापाको नाममा सुवेदीले सुनसरीका एक जना क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्दै आएका छन्।
यो बर्ष प्रदान गर्ने पुरस्कारको राशी उनको जन्मउत्सवको अवसरमा सुनसरीलाई हस्तान्तरण गर्नु भएको हो । प्रेस संगठनका केन्द्रिय सदस्य देवेन्द्र कार्कीलाई उक्त चेक संगठनका केन्द्रिय संयोजक महेश्वर दाहाल मार्फत हस्तान्तरण गरिएको हो ।
सुनसरीको इनरूवा घर भई काठमाडौंमा सक्रिय पत्रकारिता गर्दै आउएका सुवेदीले आफ्नो जन्मदिन सार्थक बनाउन पुरस्कार स्थापना गरिदिएको बताए । जन्मेत्सव तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रेस संगठनका नेता राजेस राई, संगठनका प्रदेश १ संयोजक राजन केडी,नेपाल प्रेसका सम्पादक मात्रिका पौडेल, उपराष्ट्रपति नन्दलाल पुनका प्रेस संयोजक मनोज घर्ती मगरलगायत उहाँका परिवारको उपस्थिति रहेको थियो ।
उक्त पुरस्कार संगठनले चाढै पुरस्कार छनौट समिति बनाएर सुनसरीका एक जना पत्रकारलाई वितरण गरिने संगठनका सुनसरी संयोजक श्रीशिशा राईले जानकारी दिए ।