विराटनगर । गैरकानूनी मानिएको मिटरब्याज धन्दामा लगानी गरेको आरोपमा पक्राउ परेका विराटनगर – ९ घोघापुल चौकका २८ वर्षिय एजाज अहमद धरौटिमा छुटेका छन् । 

मोरङ अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले एजाजलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आइतबार आदेश दिएको हो । अदालतले तोकेको धरौटी रकम बुझाएर एजाज रिहा भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

मोरङ प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन गत बिहीबार बुझाएको थियो । सरकारी वकिलको कार्यालयले एजाजसहित अन्य तीन जनालाई फरार प्रतिवादी बनाएर मोरङ अदालतमा शुक्रबार ‘अपराधिक लाभ लिएको’ मुद्दा दर्ता गरेको थियो ।

एजाजसँग मिलेर मिटरब्याजमा लगानी गरेको पैसा उठाउने विराटनगरका ९ का ३५ वर्षिय तनवीर खान, सोही ठाउँका ३५ वर्षिय युसुफ भनिने फाकिरा शेख र ३२ वर्षिय सावन दास फरार छन् । उनीहरूले एजाजमार्फत मिटरब्याजमा पैसा लगाउने र लगाएको पैसाँ असुल्न यातनासम्म दिने गरेको आरोप छ ।