बेलबारी । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलिले लोकतन्त्र माथि पुन प्रहार गरेको आरोप लगाएका छन । 

शनिबार मोरङको बेलबारीमा अखिल नेपाल महिला संघ मोरङले गरेको कार्यक्रममा बोल्दै पाण्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरीका पुगिदैन भनेर ओलिले बिरोध गरेको स्मरण गर्दै संसद बिघटन गरेर लोकतन्त्रलाई नै धरापमा पार्ने खेलमा लागेको आरोप लगाएका हुन् ।

उनले धरापमा परेको लोकतन्त्रलाई थाम्नका लागि पुन एकजुट हुन समेत सबैलाई आग्रह गरे । हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रिय सदस्यको जिम्मेवारी दिदै चोख्याएको आरोप समेत उनले लगाएका छन । बालकृष्ण ढुंगेल, कालिबहादुर थापा, लगायतका नेताहरु प्रति लक्षीत गर्दै नेता पाण्डेले हिजो हत्यारा भनेर जिम्मेवारी बिहिन बनाएकालाइ आज आफनो लाईनमा आउदा चाहि राम्रा भएको भन्दै चोख्याएको बताए ।

संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले भने संसद पुनस्र्थापना हुने दाबी समेत गरे । प्रधानमन्त्रीेले अदालतमा पेश गरेको फाईल चोरी गरेको समेत उनले आरोप लगाए । ओलिको प्रबृतिले प्रतिक्रिर्या वादीहरु सलबलाउन थालेको समेत उनले बताए । पुर्व अर्थमन्त्री समेत रहेका पान्डेले ओलिको ओरालो यात्रा तय भइसकेकोले अबको केहि समयमै त्यो यात्रा अन्तय हुने समेत जिकिर गरे । पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उनले दाबी गरे । तर देशभित्र र बाहिर प्रतिक्रियावादीहरुको बेलाबेला रहेको र उनीहरुको षड्यन्त्रको शिकार देश हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताए ।