मोरङ । मोरङकाे  बिराटनगर महानगरपालिका १६ स्थित सिमा क्षेत्रबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन

। पक्राउ पर्नेमा मोरङ सुन्दरहरैँचा नगरपालिका ६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन् । 

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको  १ नम्बर प्रदेश प्रहरी , विराटनगरले जनाएकाे छ  ।

 नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको कार्यालयले जनाएकाे छ । 

कार्उालयका अनुसार लागुऔषधसहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।