ब्लाष्टखबर । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदिप कुमार  ज्ञवालीले भारती रक्षा मन्त्री राजनाथ  सिहसंग भेटघाट गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन तीन दिने भारत भ्रमणमा रहेका मन्त्री ज्ञावली आज अन्तिम दिन  नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न भारतीय पक्षले मन्त्री ज्ञवालीसँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय गरेको थियाे । साेहि अनुसार मन्त्री  ज्ञवाली र  रक्षा मन्त्री   सिहबिच भेट बार्ता भएकाे हाे । 

यस अघि ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका थिए।  शुक्रबार संयुक्त आयोगको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले दुई मुलुकबीच देखिएको सीमा विवादको समाधान गर्न नेपालले अविलम्ब वार्ता गर्न चाहेको बताएका थिए।