बेलबारी । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका छन् । पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण केपी ओलीले संसद् विघटन गरेको बताउँदै उनले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका हुन् ।

मोरङको लक्ष्मिमार्गमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्रको विवादका कारणले संसद् विघटन गर्नु ओलीको मूर्खताको परिमाण रहेको बताए ।

उनले ओलीको निरकुश सता व्यवस्थाको विरुद्द सबै राजनितिक दलहरु एक भई आन्दोलनका कार्यहरु अगाडि बढाउनु पर्ने बताए । ओलीको निरकुंश सता व्यवस्थाका कारण देश नै संकटमा परेको भन्दै जनताको लागि अब नयाँ तरिकाबाट अन्दोलन गरिनु पर्ने उनको धारणा थियो । 

उनले विप्लब माथी प्रतिबन्ध लगाउनु ओलीमा सताको मात चढेको बताएका थिए । उनले ओली,प्रचण्ड(माधव कम्युनिष्ट नभएको समेत आरोप लगाए । १० वर्षे संसदिय व्यवस्था विरुद्दको जन आन्दोलन गरेर सफलता मिले पनि पुन प्रचण्ड सांसदिय व्यवस्थामा नै गएको कारण पार्टी फुटेको जिकिर गरेका थिए  ।


अदालतमा विघटनविरुद्धको सुनुवाइ जारी रहेको बताउँदै उनले संसद् पुनःस्थापना र आमनिर्वाचन दुवै जनताको पक्षमा नहुने बताए ।