मधुमल्ला । मोरङको मिक्लाजुङमा गाउँपालिकामा रहेको रिलायन्स अंग्रेजी विद्यालयमा अध्ययनरत र पुर्व विद्यार्थीहरुको समुह रेस च्याम्स समुहको आयोजनामा  तिन दिने व्यत्तीत्व विकाश तथा उद्घोण तालिम सम्पन्न भएको छ ।

 तालिममा ३५ जनाको सहभागीता रहेको रेस च्याम्प समुहका अध्यक्ष दामोदर दाहलले बताए । तालिमको सहजिकरण हिमशिखर टेलीभिजनकी कार्यक्रम सन्चालीका तृष्णा रेग्मीले गरेकी थिईन ।   सोमबार बाट शुरु भएको तालीम बुधबार सम्म चलेको थियो ।

बुधबार भएको औपचारीक तालिम समापन कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बुद्धीलाल निरौलाले विद्यार्थीहरुको समुहले आयोजना गरेको व्यत्तीत्व विकाश तथा उद्घोषण तालीम समय उपयोगी भएको बताए ।

साथै सानै उमेरबाट यस प्रकारका सकारात्मक कार्य गने भाइबहिनीहरुको कार्यको प्रशंसा गरे ।  रेस च्याम्स समुहले समुदायमा गरेका भिभिन्न सकारात्मक कार्यले समाज परिर्वतन समाजको विकाशमा उल्लेख्य सहयोग पुग्ने बताए ।

तालिम समापन कार्यक्रममा वडा नं. ७ का वडा सदस्य दुर्गा पोर्खे्रल, तालिम सहजकर्ता तृष्णा रेग्मी, संञ्चार क्लब मिक्लाजुङका अध्यक्ष सन्तोष गौतम, रिलायन्स बिद्यालयक साहायक प्रधानाध्यापक महांविर राई लगायतले मन्तव्य राखेका थिए ।