ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटी बैठक केहिबेरमा बस्ने भएकाे छ ।

पेरिसडाँडा स्थित पार्टी कार्यालयमा बस्न लागेकाे उक्त बैठकमा  प्रधानमन्त्री अाेली पक्षका अध्यक्ष केपी शर्मा ओली गरेकाे संसद विघटनका विरूद्धमा भएकाे आन्दोलन समिक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले बताएका छन् । 

आजै बालुवाटारमा पनि नेकपा ओली पक्षकाे स्थायी कमिटी बैठक रहेकाे छ । दुइ समुहमा विभाजित भएपछिकाे याे समुहकाे पहिले स्थायी कमिटी बैठक हाे । बैठककाे एजेन्डा नखुलेपनि  समसामयी बिषयमा छलफलका लागी बैठक बोलाइएको बताइएकाे छ ।