ब्लाष्टखबर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समकक्षी एस जयशंकरको औपचारिक निमन्त्रणमा तीन दिनकालागी भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् ।

 नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने गएका मन्त्री प्रदीपकुमार ज्ञवाली  शनिबार स्वदेश फर्किनेछन् ।

तीन दिनसम्म चल्ने संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका साथै व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।