बेलबारी / प्रत्येक वर्ष सौर मास अनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै छ । आजको दिन तरुललाई विशेष महत्त्वका साथ खाने गरिन्छ । तर तरुल उत्पादन गर्ने किसानले भने उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

आज विभिन्न जातका तरुल खाएर नेपालिहरुले माघे सक्रान्ति मनाउदै छन् । मोरङका केहि किसानहरुले उत्पादन गरेको तरुलले मुल्य नपाएको गुनासो गरेका हुन् । किसानले कम मुल्य पाएको तर उपभोक्ताले महंगो मुल्य तिर्नुपरेको किसानले गुनासो गरेका छन् ।

 प्रत्येक बर्ष तरुलको मुल्यमा गिरावट आएको बेलबारीका किसान कृष्ण लिम्बु बताउछन् । उनले भने विगत ४ बर्ष देखी लगातार तरुलको मुल्य ओरालो लागेको उनले बताए । तरुलको मुल्य गिरावट आउदाँ कसिानहरु खेति बाटनै बिस्थापित हुने अबस्थामा छन ।

किसानले अहिले ४० देखी ४५ रुपैया किलोमा तरुलको बेचि रहेका छन् भने बजारमा अहिले १ सय भन्दा वढि मुल्यमा बिक्री भइरहेको छ । भाउ घट्ने मात्रै होईन भनेको समयमा पैशा नपाउदाँ तरुलको खेति बाटै बिस्थापित हुने अबस्था आएको किसान किरण राई बताउछिन् ।

दुई तिहाईको सरकार छ अब कृषकलाई केहि राहत होला भन्ने सोचेर बसेका किसानहरु दिन प्रतिदिन राजनितिमा भएको उतार चडावले थप चिन्तीत भएका छन् । स्थानियतहले केहि राहत प्याकेजहरु ल्याएपनि अन्य बाटै केहि सहयोग नभएको किरण राई बताउछिन् ।