विजयपुर । नेकपाको प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक भन्दै धरानमा  विरोधसभा गरेको छ ।

बुधबार धरान भानुचोकमा अनेरास्ववियू सुनसरीले प्ले कार्ड र कार्टुनसहित विरोधसभा गरेको हो । उनीहरुले बोकेको प्लेकार्डमा असंवैधानिक कदम फिर्ता गर, अवरुद्ध संसद सुचारु गर लगायतमा नाराहरु लेखिएको थियो । धरानका प्रतिनिधिमुलक विद्यार्थी नेताहरुको उपस्थितिमा विरोध गरेको विद्यार्थी नेता बुद्रोस लिम्बूले जानकारी दिए ।