धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बाहेक अरुले निर्वाचन चाहेको बताएका छन् ।

आज धरानमा राष्ट्रिय युवा संघ नेपाल सुनसरीले आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेता बस्नेतले भने‘अरु सबैले निर्वाचन चाहेका छन् र वैशाखमा निर्वाचन हुन्छ ।’ 

नेता बस्नेतले प्रचण्ड–माधवले काम गर्न नदिएका कारण प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नु परेको बताउँदै सो विघटन संवैधानिक भएको दोहो¥याए । उनले ओलीको कदम संवैधानिक भएकाले अदालतले पनि संसद् पुनस्र्थापना गर्न नसक्ने बताए ।

नेकपाका केन्द्रीय सदस्य तथा एक नं. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुअ आतिथ्यमा भएको भेलामा धरानका विभिन्न वडाबाट आएका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेकपाको प्रचण्ड–नेपाल समूह बलियो रहेको धरानमा ओली समूहले वृहत कार्यक्रम आयोजना गरी शक्ति प्रदर्शन गरेको छ ।