ब्लाष्टखबर । विराटनगरमा भन्सार छलि गरी चोरी पैठारी गरी ल्याएको खाद्यन्न लगायतका सामान प्रहरीले बरामद गरेको छ । 


महानगरको १४ नम्बर वडा स्थित जतुवा नजिकैबाट भारतको जोगवनीबाट भन्सार छलि गरी ल्याएको अन्दाजी १८ हजार मुल्य बराबरको खाद्यन्न सामाग्री प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार बरामद सामानहरुमा प्याज २ बारा ८० केजी, लसुन २ बोरा ८० केजी, चिनी २ बोरा ४० केजी  र विभिन्न ब्राण्डका बिस्कुट १ बोरा रहेका छन् ।


त्यसैगरी, महानगरको १७ नम्बर वडा मटेरुवा नजिकैबाट भन्सार छलिगरी नेपाल भित्र्यमइएको अन्दाजी ३० हजार मुल्य बराबरको  १५० पिस पर्सहरु बरामद भएको कार्यालयले जनाएको छ ।


 बेवारीसे अवस्थामा रहेको उक्त सामान बरामद गरी थप कारवाहिकालागी मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भइरहको उक्त कार्यालयले जनाएको छ ।