पथरी । हेम एण्ड माया फाउण्डेसनद्धारा मोरङको कानेपोखरी ४, थानेश्वर प्राविका ३५ जना छात्राछात्रलाई न्यानो कपडा वितरण गरेको छ ।

हेम एण्ड माया फाउण्डेसन साउदी प्रवास शाखाको पहलमा २६ हजार बराबरको ३५ जना छात्राछात्रलाई ट्रयाक सुट प्रदान गरेको हो । विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सो न्यानो कपडा वितरण गरेका थिए ।

वडा नं. ४ का वडा सदस्य रोषन लामिछाने गुरुङ, साउनी माझी, स्थानीय समाजसेवी चित्रबहादुर राई, डम्बर कटुवाल लगाएत स्थानीयको उपस्थितमा वितरण गरिएको स्थानीय समाजसेवी उदिप लिम्बुले बताए । 

सो कार्यक्रम स्थानीय उदिप लिम्बुको अनुरोधमा र वडाबाट वैदेशीक रोजगारका लागि साउदीमा रहेका फाउण्डेसनका सहसचिवभिम लिम्बु पहलमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

हेम र माया फाउण्डेसनले नेपालका विभिन्न जिल्लामा सहयोग गर्दै आएका छन् । 

सोही कार्यक्रममा साउदीमा रहेका दुबिन्द्र न्यौपानेको जन्मदिनको अवसरमा ४ हजार बरावरको शैक्षिक सामाग्री वितरण गरेका थिए । कापी र पेन्सील लगाएतका शैक्षिक सामग्री वितरण गरेका छन् ।