भद्रपुर । बिलीभर्स ईस्र्टन चर्च भद्रपुरले अति विपन्न परिवारलाइ १७ थान सिरक वितरण गरेको छ । चर्चको सामाजिक अभियान अन्र्तगत भद्रपुर ७ र ८ वडाका नागरिक मध्ये अति विपन्न परिवारलाइ सिरक वितरण गरेको हो ।
जाडोको समयमा ती वर्गहरुलाइ केही राहत पुगोस भन्ने उद्देश्यले सिरक वितरण गरिएको चर्चका फादर जगत वाग्लेले बताए । चर्चको परिसर भित्र नै सिरक वितरण गरिएको अर्का अभियान्ता बिक्रम वाग्लेले जानकारी दिए ।
संस्थाले यस्ता अनेकौ सामाजिक कार्य गरिरहेको उनले जनाए । संस्थाले निःशुल्क वितरण गरेको सिरक पाउँदा उनिहरु खुसी देखिएका थिए ।