ब्लाष्टखबर ।  अभिनेता यशले  बहुचर्चित सिनेमा ' केजिएफ च्यापटर २ ' काे टीजर रिलिज भएकाे छ । 

काेराेनाकाे बिचमापनि सुटिङ भएकाे कन्नड सिनेमा  ' केजिएफ च्यापटर २ 'मा मुख्य खलनायककाे भुमिकामा संजय दत्त रहेका छन् । फिल्ममा उनले ' अधिरा ' काे नामले चिनिने छन् । 

कन्नड सिनेमा उद्योगलाई अर्काे उचाइदिने  ' केजिएफ च्यापटर १ 'ले दुनियाँभरका प्रशंसकको ध्यान आफूतर्फ खिच्न सफल भएको थियो । रक्की भाई उपनाम पाएका यस  ' केजिएफ च्यापटर २ '  व्यग्र प्रतिक्षामा रहेका दर्शकहरूका लागी उनकाे जन्मदिन अर्थात जनवरी ८ मा रिलिज गर्ने भनिएकाे टीजर एक दिन अगाडीनै रिलिज भएकाे छ । 

टीजर रिलिज भएसंगै सामाजिक संञ्जालमा यसलाइ अत्याधिक रूचाइएकाे छ ।  याे सामचार तयार पार्नु भन्दा १६ घण्टा अघि हम्वेल फिल्म नामक युट्यव च्यानलमा रिलिज भएकाे उक्त टीजर ३ कराेड २६ लाख बढिले हेरस् सकेका छन् । ३२ लाख बढिले लाइक गर्नुका साथै २ लाख ३४ हजारले कम्मेट गरेका छन् । टीजर नेपालमा पनि ट्रडिङ नम्बर २ मा रहेकाे छ ।