ब्लाष्टखबर । गुल्मीमकाे रेसुङ्गा नगरपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन्।

गैडाकोटबाट तम्घासतर्फ आउँदै गरेको  लु १ ह २७४३ नम्बरको अटो शुक्रबार राति रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अटाे सडकबाट २०० मिटर तल खसि दुर्घटनामा हुँदा घाइते भएका चालक रेसुङ्गा नगरपालिका–१२ का ३० वर्षीय तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएकाे छ ।

अटाेमा सवार रेसंगा–१२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा–२ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएका  छन्।

गम्भीर घाइते सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको कार्यालयले जनाएको छ।

अन्य दुईजनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ।