ब्लाष्टखबर । चन्द्रागिरी नगरपालिकामा मिनी ट्रक  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नगरपालिकाकाे २ नम्बर वडाकाे वाडभन्ज्याङ स्थित मसिने भिरबाट ना २ क ३२३ नम्बरकाे ट्रक खस्दा सिन्धुलीका अन्दाजी २४ वर्षीय मनिस कार्की र अन्दाजी मानकुमार माझीकाे मृत्यु भएकाे महानगरीय प्रहरी परिसर काठमाडाैले जनाएकाे छ । 

दुर्घटना ग्रस्त मिनि ट्रक  तामाङ मरिण कन्ट्रक्सनकाे रहेकाे र मृत्यु हुनेहरूमा कार्की उक्त कन्ट्रक्सनका लेखेपाल र माझी उक्त मिनि ट्रककाे चालक रहेकाे महानगरिय प्रहरी परिसरले जनाएकाे छ । 

दुर्घटनामा ट्रक सडकबाट डेढ सय मिटर तल खसेको थियाे ।