ब्लाष्टखबर । केन्दिय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थी नेता पेशलराज कार्कीले एकल महिलाकाे घर निर्माणमा सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् ।
कार्कीले आफ्नो २२ औ जन्म दिनमा धरान १७ विजुवा मार्ग बन्दै गरेकाे एकल महिला जानुका विककाे घर निर्माणका लागी पाँच बाेरा सिमेन्ट बराबरकाे आर्थिक सहयाेग गरेका हुन् ।
धरानका पत्रकारहरूकाे समुहद्वारा घर निर्माण अभियान संञ्चालन गरि घर निर्माण कार्य सुरू भएसंगै, उनले निर्माण स्थलमै पुगी उक्त पाँच बाेरा सिमेन्ट खरिदका लागी तीन हजार सात सय रूपैयाँ हस्तान्तरण गरेका थिए ।
नगद हस्तान्तरणका क्रममा कार्कीले विगतका दिनहरुमा साथीभाइसंग रमाइलो गरेर जन्मदिन मनाउने गरेकाे भएपनि घर निर्माण विषयमा फेसबुकमा समाचार देखेपछि जन्मदिन मनाउने पैसा सामाजिक कार्यमा खर्च गरेको बताए ।
घरमै चटपटे बेचेर गुजारा गर्दै आइरहेकी विक टिनले बारेको र माटोले लिपेर बनाएको सानो छार्पोमा बस्दै आइरहेकी छिन् । क्यान्सर राेगका कारण ९ वर्ष अघि श्रीमानकाे मृत्यु भएपछि उनमा एक छोरा र एक छोरी जिम्मेबारी रहेकाे छ ।
विककाे उक्त अवस्थालाइ देखेर धरानका पत्रकारकाे समुहले उनकाे घर निर्माण अभियानसहित पोहोर साल देउसी खेलेर केहि रकम संकलन गरेकाे थियाे । देउसीबाट उठेकाे उक्त रकमबाट धरान १७ न. वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा घर निर्माण कार्य सुरु भएकाे छ ।
हस्तान्तरण कार्यक्रममा नेकपा धरान उपमहानगरपालिका अध्यक्ष नारायण सुबेदी, नेकपा नगर कार्यदल सदस्य एवं विद्यार्थी इन्चार्ज पारस काङवाङ, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, अनेरास्वव्यु जिल्ला सचिवालय सदस्य मणि राई, हात्तिसार कलेजका स्ववियु सभापति सौरभ संजेल लगायतको उपस्थिति रहेको थियो ।
तस्विरः विकास चाम्लिङ राई