ब्लाष्टखबर । पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ, भने अर्का एक घाइत भएका छन् ।
हिलिहाङ गाउँपालिका दुवीचौर स्थित मेची राजमार्गमा दुर्घटना हुँदा साेहि गाउँपालिकाकाे १ नम्बर वडाका का २४ वर्षीय प्रवीण कालिकोटेकाे मृत्यु भएकाे हाे भने, घाइते हुनेमा वडा नम्बर २ की अन्दाजी २० वर्षीया मुना पाख्रिन रहेकाे जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मे ४ प ८९४ नम्बरको मोटरसाइकलसहित दुर्घटनाग्रस्त अवस्थामा उनीहरुलाई स्थानीयवासीले देखेपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा प्रवीणलाई जिल्ला अस्पतालले मृत घाेषणा गरेकाे थियाे । गम्भीर घाइते भएकी मुनालाई थप उपचारका लागि झापा पठाइएको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दुर्घटना आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको हुनसक्ने अनुमान गरीएकाे छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।