ब्लाष्टखबर ।  दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली पुलिसले नजरबन्दमा राखिएको उनि नेतृत्व आम आदमी पार्टीले बताएकाे लगाएकाे छ । 

कृषि सम्बन्धि केन्द्र सरकारले लागु गरेकाे तीन कृषी कानुनकाे बिराेधमा आन्दाेलित किसानहरूलाई भेट्न सिंघु बडर पुगेका मुख्यमन्त्री केजरीवाललाई भारतीय जनता पार्टी तथा मृहमन्त्री अमित साहकाे निर्देशनमा दिल्ली पुलिसले सिंघु बडरबाट फर्कीएसंगै नजर बन्दमा राखेकाे आम आदमी पार्टीकाे आधिकारीक ट्विटर हेन्डल मार्फत एक ट्विट गरी बताएकाे छ । 

नजरबन्दका कारण उनका सम्पूर्ण बैठकहरू रद्द भएका छन् ।

भारतिय संञ्चार माध्यमका अनुसार केजरीवालका घरकाे मुल गेढमा दिल्ली नगर निगमका ३ प्रमुख धर्नामा बसेका छन् । जसका कारण प्रहरीले बाहिर ब्यारिकेट बनाएकाे छ । आम आदमी पार्टीले भने उक्त धर्ना बिजेपीकाे याेजनामा भएकाे  र उक्त वहाना बनाइ गृहमन्त्री अमित साहकाे निर्देशनमा केजरीवाललाई कसैसंग भेट गर्न तथा बाहिर जान नदिइएकाे बताएकाे छ । 

उत्तरी दिल्लीका डीसीपी एन्टो अल्फोन्सले उक्त आम आदमी पार्टीकाे उक्त आरेपलाई अस्विकार गर्दै धर्नाका कारण हुन सक्ने सम्भावित जाेखीमलाई मध्यनजर गर्दै प्रहरी सुरक्षामा बसेकाे बताएका छन् ।

लामाे समयदेखी आन्दाेलित त्यहाकका किसानहरुले  मंगलबारबाट भारत बन्दकाे आह्वान गरेका छन्।