कुनै व्यक्तिगत वा समुहगत लाभ प्राप्त गर्ने निहित उद्देश्यले समाजमा भय,डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो उद्देश्य प्राप्त गर्नुलाई नै अपराध वा हिंसा भन्ने बुझिन्छ ।

यसरी अपराध वा हिंसा व्यक्तिगत वा सानो समुहगत स्वार्थ सिद्धीको लागि गरिने गैर मानवीय तथा गैर न्यायिक आतंकवाद  हो ।

नेपालका महिलाहरु अहिले घरेलु, पारिवारिक र अन्य प्रकारका हिंसा वा अपराधका आतंकद्वारा पिल्सिएका छन ।

 
महिला माथि हुने यस्ता हिंसाका स्वरुप विविध छन । घरझगडा, बहुविवाह, चेलीबेटी बेचबिखन, श्रमशोषण,  यौनशोषण, छर-छिमेकमा हुने स- साना कलह, गरिबी, बोक्सीको वा आधारहीन आरोपहरू, सम्पत्तिगरगहना लुटपाटका धटना , श्रीमानले गर्ने अत्यधिक मदिरा सेवन, दाइजो वा अनमेल विवाह आदि महिला माथि हुने हिंसा- अत्याचारका श्रोत  हुन ।
 
पहिले यस्ता धटना सार्वजनिक हुन सजिलो थिएन । तर हाल सञ्चारका माध्यमको विकास र विस्तारका कारण तिनको पहुँच  भएको क्षेत्रबाट महिला विरुद्धका हिंसाका समाचारहरु लगातार आउन  थालेका छन् ।
 
समाचार  सङ्कलनका सुविधा नभएका ग्रामिण दुर्गम क्षेत्रमा  भने नेपाली महिलाहरु माथि हुने अत्याचारको लेखाजोखा गर्ने माध्यम नहुने हुँदा अनुमान मात्र  गर्न सकिन्छ ।
 
 
20201204_072611
 
राजेश्वरी सापकोटा लम्साल
(समाजशास्त्री)

                       
अहिले महिलाहरु पैतृक सम्पत्तिको  हकदार बन्ने स्थितिमा पुगेका छन् । शिक्षा, स्वास्थ्य  प्रशासन, व्यापार -व्यवसाय, सञ्चार -मनोरञ्जन  क्षेत्रमा महिलाहरुको योगदान बढ्दो क्रममा छ ।
 
तर अर्कातिर उनीहरु हिंसाको सिकार बनिरहँदा  सिङ्गो समाज त्यसबाट उनीहरुको रक्षा गर्न असक्षम र असम्वेदनशिल छ ।
 
सबै प्रकारको हिंसाहरूको गणना गर्दा धरेलु हिंसा नै महिला उत्थानका लागि  ठूलो बाधक देखा पर्छ । कानुनले प्रतिबन्ध लगाएको  बाल विवाह र बहुविवाह उन्मूलन हुन  सकेको छैन ।
 
अशिक्षा र अन्धविश्वासले छोरी र बुहारी बीचको भेदभावपूर्ण सोच र तदनुकुल व्यवहारले धरेलु हिंसा  उत्पन्न हुन्छ । लोभ र पापको प्रवृत्तिले नै परिवारमा  कलह हुने र त्यो जधन्य हिंसामा गएर ङ्गिने गर्छ ।
                       
 अझ महिला हिंसाको कुरा गर्दा  महिलाको गर्भमा रहेको राम्रो जीवन लिन नपाइसकेको महिलाभ्रूण हत्याको दुखत प्रसंग यहाँ उल्लेख गर्नु बेस हुन्छ ।
 
छोरालाई अपरिहार्य  मान्ने  हाम्रो रूढिवादी संस्कृतिबाट जकडिएको समाजमा यस्ता संभावित छोरीको गर्भमा नै हत्या हुने गर्दछ ।
 
यो भ्रुणहत्याले थुप्रै कानुनी तथा मानवीय प्रश्न उठाएको छ । तर यस्ता कृयाकलापहरूले भ्रूणलाई पूर्ण  विकसित शिशुको रूपमा जन्माउने जिम्मेवारी  लिएकी आमा र कसैको इच्छामा जीवको भ्रूणको रूप लिन पुगेको त्यस प्राणीको विरुद्धको हत्याले  दुईवटा जधन्य हिंसा एकैसाथ गरेको पाइन्छ ।
                       
अतः महिलाहरु स्वयम् नै धरेलु पारिवारिक र अन्य प्रकारका हिन्सा वा आतंक  विरुद्ध जुटौ। पुरुष प्रधान नेपाली समाजमा विद्यमान कुरीति, असमानता र अन्याय विरुद्धको यो लडाइँमा सम्पूर्ण  संघसंस्थाहरूले र कानुनी राज्यले साथ नदिए सम्म महिलाहरुले एक्लो लडाई नै लडनु पर्नेछ।