ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स्थानियले नियन्त्रणमा लिएकाे जंगली हरिणलाई प्रहरीले वन कार्यालयमा बुझाएकाे छ । 

जिल्ला प्रहरी कायार्लय, माेरङका अनुसार  रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको पोखरी छेउमा आएको भाले हरिण स्थानियवासीले नियन्त्रणमा आज बिहान नियन्त्रणमा लिएका थिए । 

स्थानियले हरिण नियन्त्रणमा लिएकाे भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय  रंगेलीबाट त्यहाँ पुगेकाे प्रहरी टाेलीले उक्त हरिणलाई आमतोला स्थित सब डिभिजन वन कार्यालयमा बुझाएको उक्त कार्यालयले जनाएकाे छ ।

harin (1) harin (3)