ब्लाष्टखबर । मोरङको सुन्दरहरैँचामा माेटरसाइकलकाे ठक्करबाट १५ दिने शिशुकाे मृत्यु भएकाे छ । 

को ३६ प ४४२४ नम्बरको मोटरसाइकलले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा–६ दुलारीमा १५ दिने छाेरा बाेकेर हिड्दै गरेकी २५ वर्षीया कल्पना यादवलाई ठक्कर दिएकाे थियाे । ठक्करबाट कल्पनाकाे काखमा रहेकाे उनकाे १५ दिने छाेरा भुइमा बजारीएर घाइते भएपछि उपचारकाे क्रममा धरान स्थित विपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा बुधबार मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाले जनाएका छन् ।

ढकालका अनुसार रातकाे समयमा छाेरा विरामी भएपछि उपचारकालागी अस्पताल लान सडकमा निस्कीएकी कल्पनालाई उक्त माेटरसाइकलले ठक्कर दिएकाे थियाे । दुर्घटनाका कारण कल्पनाको खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको भएपनि उनकाे अवस्था भने सामान्य रहेककाे प्रहरीले जनाएकाे छ । 

दुर्घटनापछि माेटरसाइकल चालक सुन्दरहरैँचा–७ का विनोद चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।