ब्लाष्टखबर । मोरङ जिल्लाको मिक्लाजुङमा गाँउपालिकामा हतियारसहित १ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा गाउपालिका १ स्थित  सिलिलिङका अरुण भनिने अमृत बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार श्रेष्ठले हातहतियार लुकाइछिपाइ राखेको भन्ने सुचनाका आधार त्यहाँ पुगेकाे मंगलबार प्रहरी टोलीले उनको घरबाट टोटा (१२ बोर ) बन्दुक १ थान खाली खोका ३ थान, बारुद अन्दाजी ५०० ग्राम फेला पारेको प्रहरी नायव उपरिक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मान बहादुर राईले जनाएका छन् ।


पक्रउ परेका श्रेष्ठमाथि हातहतियार तथा खरखजना मुद्धामा अवश्यक अनुसन्धान भइरहेको राइले जनाएका छन् ।