हङ्कङको नेपाली सम्पदा

alt
  • मंसिर ५, २०७७
  • – राजकुमार दिक्पाल

समाजमा अब्बल रुपमा छवि बनाएर योगदान गर्नेहरुलाई हङ्कङ सरकारले विशेष सम्मान दिने गरेको छ । यस्तो सम्मान हङ्कङ डायास्पोरामा रहेर त्यहाँ अल्पसङ्ख्यक समुदायका रुपमा क्रियाशील नेपालीहरुले पनि पाएका छन् । यो सम्मानको नाम हो, चिफ एक्जिक्युटिभ कमेण्डेसन फर कम्युनिटी सर्भिस् । यही नोभेम्बर १५ मा किसन राईले यो सम्मान ग्रहण गर्नुभयो । विशुद्ध कर्मबाट क्रियाशील रहँदा पनि यसको कदर हुन्छ भन्ने उदाहरणका रुपमा किसन राईलाई लिन सकिन्छ । बधाई छ, किसन सर !

नेपालमा पनि हरेक वर्ष विविध विभूषण वितरण हुन्छ । पहिले राजा र अहिले राष्ट्रपतिको हातबाट वितरण हुने यस्ता विभूषण पाउनेहरुको नाम पढ्न पाउँदा छुट्याउन गाहूो हुन्छ, यो विभूषण हो कि रिबनमा सजाइएको धातुको टुक्रा ? डा. हर्क गुरुङले उहिल्यै भन्नुभएको थियो, ‘नेपालमा बर्सेनि तक्मा पाउनेहरुको सूची देख्दा लाग्छ, नेपाल रामराज्य हुनुपर्ने हो ।’
तर, हङ्कङमा बर्सेनि गरिने किसन सरले पाउनुभएजस्तो सम्मान नेपालको जस्तो निम्छरो र सस्तो भने पक्कै छैन ।
...
सुदूर अतीतमा पुगेर रमाउन मन लाग्छ कहिलेकाहीँ । त्यही अतीतमा रोपिएको बिरुवाको फल हुन्, मेरा आजका केही उपलब्धिहरु । त्यही अतीतबाट सिकेको पाठ हो, मेरो आजभोलिको दृष्टिकोण । त्यहीबेला मनभित्र उब्जिएको प्रतिबद्धताको परिणाम हो, हिजोआजका मेरा केही खोज र लेखनको धृष्टता ।

कुरो प¥यो, २०४८ चैतको अन्तिम साताको । म त्यतिखेर अखिलको कार्यकर्ता थिएँ । २०३७ सालतिरबाटै हाम्रो घर तत्कालीन प्रतिबन्धित पार्टी मालेको आश्रयस्थल भएकोले पनि मैले त्यो विरासत जोगाउन अखिलको झण्डा उचालेको थिएँ । त्यो झण्डा उचाल्दै अखिलको ११ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन धनकुटा जिल्लाको प्रतिनिधिको रुपमा पोखरा पुग्नेहरुमध्ये म पनि एक थिएँ । त्यही सम्मेलनमार्फत् तुलबहादुर गुरुङ बिदाई हुँदै थिए भने शङ्कर पोखरेलहरुको उदय हुँदै थिए । आज शङ्कर पोखरेलहरुको हालिमुहाली छ यो देशमा, तर तुलबहादुर गुरुङहरु के गर्दैछन्, थाहा छैन मलाई ।

राष्ट्रिय सम्मेलनको बन्द सत्रमा खोटाङबाट प्रतिनिधिङ्खव गर्ने एक आँखा चिम्साले जोडदार रुपमा कुन सन्दर्भमा आवाज उठाए, मैले थाहा पत्तो पाइनँ । तर, हाम्रो प्रतिनिधिङ्खवका नेता विनोद गुरुङले दिएको सङ्केतअनुसार हामी पनि उनको पक्षमा उफ्रियौं । उनले त्यो आवाज उठाएपछि हामी भएतिर खासगरी सुनसरीका प्रतिनिधिहरु भएतिर आएर माउ पार्टीद्वारा आसन्न अखिल अध्यक्ष शङ्कर पोखरेलले केही नेतासँग केही कुरा फुस्फुसाए । त्यसको केही क्षणपछि एक जना आँखा चिम्सा (नेताजस्तै लाग्ने) प्रतिनिधि सुनसरी जिल्लाका प्रतिनिधिहरुनजिक आएर खासगरी सुनसरी, अखिलका तत्कालीन नेता मनोजकुमार मेन्याङ्वोलाई लिम्बू भाषाबाट केही कुरा सम्झाउँदै थिए ।

बन्द सत्रमा खोटाङका प्रतिनिधि रमेश राई जोडदारका साथ आफूले केही बोल्न पाउन माग गरिरहेका थिए । बोल्न पाउनुपर्ने मागलाई समर्थन गर्नेहरुमध्ये पछाडितिरबाट एक जना प्रतिनिधि साह्रै जोडले उफ्रँदै थिए । सुनसरीका प्रतिनिधिमध्ये कुलचन्द्र राई जोडले उफ्रँदै भनिरहेका थिए, ‘कुरा राख्न पाउनुपर्छ ।’ त्यतिखेरै भएको परिचयअनुसार किसन राई र विजय लिम्बूले पनि जोडदारसाथ त्यो आवाजको समर्थन गरे । त्यतिखेर सुनसरीका मुरारी सुवेदी र वेणु काफ्लेहरुले बडो असजिलो मानिरहेका थिए ।

सुनसरीको प्रतिनिधि मण्डलसमक्ष आएर लिम्बू भाषाबाट केही सम्झाउँदै गर्न खोज्ने र पछाडितिरबाट उफ्रने त आजका आदिवासी जनजाति आन्दोलनका नेतृत्व पङ्क्तिमा रहनुभएका बालकृष्ण माबोहाङ पो हुनुहुँदो रहेछ । उहाँ त्यतिखेर त्रिभुवन विश्वविद्यालय कमिटीका अध्यक्ष हुनुहुन्थ्यो ।

त्यो सम्मेलनमा रमेश राई बोल्दाबोल्दै हुटिङ गरियो । उनी बीचैमा आफ्नो धारणा राख्नबाट बञ्चित भए । त्यही सम्मेलनबाट फर्केपछि एउटा विषय मेरो मनमा पोखराको फेवातालमा डुबुल्की मार्ने माछापुछ«े हिमालजस्तै अटल रुपमा स्थापित भयो । त्यो विषय हो, राष्ट्रबाट जबरजस्त सीमान्तीकरणमा पारिएका आदिवासी जनजातिहरुको विषय ।

अखिल कार्यकर्ताको रुपमा पोखरा सम्मेलन मेरो लागि पहिलो र अन्तिम रह्यो । त्यसपछि म धनकुटा जिल्लाको जिल्ला कमिटीको पदाधिकारीमा चयन भएको थिएँ । त्यतिखेर पनि मैले नेपालको जातीय, भौगोलिक र भाषिक विविधताबारे आफूले उठाउने गरेको सवाललाई जारी राखिरहेँ । क्रमशः म पेशागत बनेर पत्रकारिता क्षेत्रमा रमाउन थालेँ । अखिलको राजनीतिबाट मैले बिदा लिएँ ।

यहाँनेर अर्को पनि एउटा संस्मरण उल्लेख गर्न मन लाग्यो । अखिलको त्यो पोखरा सम्मेलनबाट फर्कने बित्तिकै म आफू पढेको धनकुटा बहुमुखी क्याम्पसमा त्यतिबेला अध्ययनरत लिम्बू विद्यार्थीको तथ्याङ्क सङ्कलन गरी त्यसलाई कम्प्युटरमा टाइप गराई क्याम्पसको सूचना बोर्डमा टाँसेँ । त्यतिखेर कम्प्युटर बडो दुर्लभ थियो । तर, तत्कालीन कोशी पहाडी क्षेत्र विकास परियोजना (खार्डेप) नामको ब्रिटिश परियोजनामा मेरा जेठा दाजु वीरबहादुर तथा मितबुबा (अमरबहादुर राई) लगायत काम गर्नुहुन्थ्यो । कलेजमा मेरो पढाइ सकिइसकेको थियो ।

खासगरी मितबुबाको सहयोगमा मैले धनकुटा क्याम्पसमा तत्कालीन अर्थात् २०४८÷५०को ब्याचमा अध्ययनरत लिम्बू विद्यार्थीहरुको नाम कम्प्यूटरमा टाइप गराई त्यो सूचना पाटीमा टाँसिदिएँ । अनि विधानमा छ कि छैन थाहा पत्तो नभइकनै मेरै पहलमा क्याम्पसमा किरात याक्थुङ चुम्लुङको क्याम्पस शाखा गठन भयो । लिम्बू विद्यार्थीहरुको यो भेलाको उदघाटन जिल्ला विकास समिति, धनकुटाका तत्कालीन उपसभापति टीकाराम चेम्जोङले गर्नुभएको थियो ।

त्यो लामो समय अस्तित्वमा थियो । यसले लिम्बू भाषा र लिपि प्रशिक्षणको कार्यक्रमहरु चलाइरहेको पनि सुनेको थिएँ, पछि त्यो शाखा लिम्बू विद्यार्थी मञ्चको एउटा शाखाको रुपमा परिणत भएको मेरा हितैषी सम्धी सञ्चारकर्मी देवेन्द्र खापुङबाट सुन्न पाएँ ।
...
पोखरापछि अखिलको राष्ट्रिय सम्मेलन हेटौंडामा भयो । त्यहाँ पनि रमेश राईले नेपालको जातीय विविधता र समस्याकाबारेमा सङ्गठनको निश्चित दृष्टिकोण हुनुपर्ने माग गर्नुभएछ । उहाँ बोल्दाबोल्दै एक जना महसुर अखिल नेता अघिसरा बनेर बोल्दाबोल्दैको अवस्थाका रमेश राईलाई जुरुक्कै उठाएर (अपहरणै गरेको हो) लैजान खोज्दाखोज्दै त्यसको विरोधस्वरुप केही प्रतिनिधिले प्रतिरोधी आवाज निकाले । यसरी रमेशलाई अपहरण गर्ने चाहिँ रुपनारायण श्रेष्ठ थिए । ‘रुपनारायण श्रेष्ठ को हो, म पनि धरानको रुपनारायण श्रेष्ठ हो’ भन्दै रमेशको पक्षमा जुरुक्कै उठेर सुनसरीका एक जना प्रतिनिधिले आवाज उठाए, उनी बसेको कुर्सी भाँचियो । यस्तो आवाज उठाउने र कुर्सी भाँच्ने चाहिँ किसन राई हुनुहुँदो रहेछ ।
रुपनारायण श्रेष्ठ के गर्दैछन् कुन्नि म बेखबर छु । तर, उनको नाममा कुनै समय अखिलभित्र र बाहिर एक प्रकारको आतङ्क सिर्जना हुन्थ्यो ।

अखिलको हेटौंडा सम्मेलनमा कुर्सी भाँच्ने उनै प्रतिनिधि किसन राई आज नेपाल आदिवासी जनजाति महासङ्घ हङ्कङका अध्यक्ष हुनुहुन्छ । उहाँको यस्तै अतीतले उहाँलाई आदिवासी जनजाति अभियानको एउटा अभियानकारी नेता बनायो ।
...
सन् २०१० मा उनै किसन राईको निम्तोमा म तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाका साथ हङ्कङ भ्रमणमा थिएँ । हङ्कङमा रही शिक्षा अभियान र नेपाली भाषाको प्रवद्र्धनमा क्रियाशील रहँदै आएका देवराज राईको केही उल्लेखनीय काम देखेर वैरागी काइँलाले भन्नुभएको थियो, ‘नेपालमा हाम्रो एउटा लडाइँ छ, प्रवासमा लडाइँको रुप अर्को हुन्छ । नेपालमा हामी हाम्रो मातृभाषाको संरक्षण र सम्बद्र्धनमा जोड दिन्छौँ । तर, हङ्कङमा त नेपाली भाषाको प्रतिस्पर्धा चिनियाँ भाषासँग हुन्छ, त्यसैले नेपाली भाषालाई यहाँ जोगाउन आवश्यक छ ।’
त्यही नेपाली भाषाबाट नियमित प्रकाशन हुने मासिक खबरपत्रिका ‘एभरेष्ट’ का प्रकाशक तथा सम्पादक किसन राईले हङ्कङमा रहेर नेपाली भाषाको सेवा गरिरहनुभएको छ । दुई दशकको आयु पार गरिसकेको पहिले दैनिक, त्यसपछि साप्ताहिक अनि हालमा मासिकको अवस्थामा आइपुगेको यो खबरपत्रिका हङ्कङको महङ्खवपूर्ण नेपाली सम्पदा हो । प्रश्न उठ्छ, सम्पदाको संरक्षण गर्ने

कि जातीय भावनामा मात्र बग्ने ?
त्यतिखेर म आफू कार्यरत ‘अन्नपूर्ण पोष्ट्’ राष्ट्रिय दैनिकको मूल्य २ रुपैयाँ थियो । म बेला बेलामा बौद्धिक व्यक्तिङ्खव हिमालधन राईको लेख छपाउँथेँ । सीताराम तामाङलाई पनि लेखको निमित्त आमन्त्रण गर्थें । एक दिन जावलाखेलस्थित स्टाफ कलेजको सभाकक्षमा आदिवासी जनजातिहरुको एक कार्यक्रम राखिएको थियो । म रिपोर्टिङको लागि त्यहाँ पुगेको थिएँ । हिमालधनले भन्नुभयो, ‘हामी आदिवासी जनजाति दुई रुपैयाँ खर्च गरेर पत्रिका किनेर पढ्दैनौं, बोतलका बोलत वियर चाहिँ लडाउँछौं, अनि कसरी उँभो लाग्न सक्छ, हाम्रो समुदाय ?’
सिसेरोले भनेका छन्, ‘पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा केही फरक हुँदैन ।’

अध्ययन पद्दतिमा हामी आदिवासी जनजाति कमजोर रहनु हाम्रो ठूलो दुर्भाग्य हो । नेपाली भाषाबाट नेपाली समाचारहरु छापिने हङ्कङको महङ्खवपूर्ण सम्पदा ‘एभरेष्ट’ पनि यही पीडाबाट प्रताडित छ । हङ्कङ सरकारले यो सम्पदाको परख गरिसक्यो, तर, हामी नेपालीलाई चाहिँ यसको महङ्खवबारे अत्तोपत्तो छैन ।
...
तर पनि धैर्य भनेको धैर्य हो, यसमा कुनै शङ्का छैन । प्रवासमा त नेपालीजन धेरै जसो श्रम बेच्न जान्छन् । प्रवासमा व्यापार र बुद्धि बेच्ने नेपालीजनको सङ्ख्या अत्यन्तै न्यून छ ।

किसन राई पनि प्रवासमा पुगेको श्रम बेच्नलाई नै थियो । तर, प्रकारान्तरले उहाँको मनलाई भाषासेवाले प्रगाढ बनायो र अखबारी धुनमा लाग्नुभयो । लगानीकर्ताहरुबाट प्राप्त धोका, आर्थिक अभाव र प्रवासी नेपालीजनमा स्थापित अपठनीय संस्कारबाट गुज्रँदै अहिले पनि किसन राईले भनिरहनुभएको छ, ‘म पत्रिका सित्तैंमा दिन्छु, कम्तिमा पढिदिनुभए मात्र हुन्छ ।’
‘आँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुन्छ, त्यसैले प्रत्येक क्षण प्राणीजगत्को उपकारमा लगाऊ’ –गौतम बुद्ध ।

अनेकौं हण्डर खाँदै भाषा सेवालाई निन्तरता दिँदै आउनु हुने किसन राईको अर्को महङ्खवपूर्ण पक्षको सामाजिक सेवा । त्यही भएर उहाँ आज आदिवासी जनजाति महासङ्घ, एनआरएनको गरिमामय पदमा पुग्नुभयो । यहाँ त प्राणीजगत्को उपकारको नाममा होइन, बुद्धको नाममा जग्गा दलाली गर्नेहरु, समाज सेवाको नाममा मानवतस्करी गर्नेहरु पनि देखिए । बुद्धको नाममा जङ्गल मासेर, पानीको स्रोत सुकाएर उत्पात्तै मच्चाउन पनि खोजे । यसबारे सरकारले छानबिन गरेपछि अन्ततः ती दलालहरु आज चुपचाप छन् । ती दलाल किसन राईकै छरछिमेक हुन् ।
...
ज्ञानोदय स्कुल र ज्ञानोदय पुस्तक पसल किसन राईका सिर्जना थिए, धरानका । त्यहाँको नियमित भ्रमणकर्ता थिएँ । अहिले आएर लाग्छ, राम्रै ठाउँमा भ्रमण गरिएछ । हाम्रो सङ्गत यस्तो मानिससँग होस्, जो मौरी जस्तो हो । मौरीको सङ्गत गरियो भने उसले फूलबारीतिर लैजान्छ र मह बनाउन सिकाउँछ, झिँगाको सङ्गत गरियो भने उसले फोहरतिर लैजान्छ र रोग फैलाउन सिकाउँछ ।

हङ्कङ सरकारबाट महङ्खवपूर्ण काम गर्नेहरुलाई प्रदान गरिने सम्मान ‘चिफ एक्जिक्युटिभ कमेण्डेसन फर कम्युनिटी सर्भिस’ बाट उहाँ सम्मानित हुनुको कारण उहाँको स्वच्छ मनको सामाजिक र भाषिक सेवा नै हो ।

आलेक्जेडर द ग्रेटले आफ्नो विश्वविजयी अभियान थाल्नुअघि आफ्ना गुरू एरिस्टोटललाई भने, ‘गुरू, म त विश्वविजय अभियानमा हिँड्न लागेको । आशिर्वाद चाहन्छु ।’

एरिस्टोटलले भने, ‘अलेक्जेण्डर, तिमी त राजाकै छोरा हौ, मानिसलाई सफलता त भाग्यले पनि दिन्छ, तर सार्थक जीवन बाँच्नका लागि त आफ्नो कर्मको भूमिका महङ्खवपूर्ण हुन्छ ।’

एक दिन मैले यो प्रसङ्ग अग्रज सर्जक तारा गाउँलेसँग राखेको थिएँ । उहाँले भन्नुभयो, ‘रोग, धन वा स्वभाव जो पितृबाट सर्दै आउँछ, त्यसैलाई भाग्य सम्झनुपर्छ ।’

जीवनको भाग्य एकातिर छ, तर सार्थकता भन्ने चाहिँ जीवनमा अर्को अर्थात् सके विश्व, नसके देश र देशको सेवा गर्न नसके पनि समाजको सेवा गर्न सक्नु हो ।

यही भाग्यअनुसार त किसन राई अर्थोकबाट गुज्रनु पर्ने थियो । तर, उहाँ त कर्मका कारण एउटा महङ्खवपूर्ण सरकारी सम्मानबाट सम्मानित हुनु भयो । यो उहाँको भाग्यको खेल होइन, कर्मको परिणाम हो ।
‘भाग्यमा होइन, कर्ममा विश्वास गर’ –गौतम बुद्ध

लाेक गायक सुरेश गन्ध ...

धरान । विरामी अवश्थामा रहेका लोकगायक सुरेश गन्धर्वको सह ...

रंगेलीमा स्थानियले न ...

ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिकामा स् ...

बिरामी बोकेको पिकअप ...

ब्लाष्टखबर । प्युठानबाट बिरामी बोकेर काठमाडौँ ल्याउँदै ...

भारतीय विदेश सचिव श ...

ब्लाष्टखबर । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved