दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि मातृभूमिले चुम्यो

alt
  • कार्तिक २९, २०७७
  • दिनेश सुब्बा

पथरी । मोरङको कानेपोखरी गाउँपालिका ४ नम्बर वडाको आयोजनामा भएको दोस्रो अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि मातृभूमि समाज सेवा क्लब(ए)ले जितेको छ ।

शुक्रबार भएको फाइनल खेलमा प्रगतीशिल समाज सेवा क्बल पिङ्डाँडालाई मातृभूमि समाज सेवा क्लब(ए)ले ०–६ गोलको अन्तरले विजय हुँदै उपाधि जितेको हो । उक्त खेलको म्यान अफ द म्याच प्रगतिशिल समाज सेवा क्लबको दिलिपकुमार तामाङ घोषित भएका थिए ।

खेलमा मध्यान्तर अछि खम्बु राईले २ गोल र बिष्णु सुब्बाले १ गोल लगाएका थिए । त्यसैगरी मध्यान्तर पछि आलोक लिम्बुले १ गोल, दिपेश थापाले १ गोल र नारायण खड्काले १ गोल लगाएका थिए । खेल अवधिभर प्रगतिशिल समाज सेवा क्बल पिङडाँडाले निक्कै गोल गर्ने प्रयास गरेता पनि त्यापे प्रयासलाई मातृभूमि समाज सेवा क्लबका डिफेन्सले असफल बनाईदिएका थिए ।

मातृभूमि समाज सेवा क्लब(ए)ले प्रथम पुरस्कार १५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाएका थिए । प्रथम पुरस्कार वडा अध्यक्ष धनबहादुर राईले प्रदान गरेका थिए । त्यसैगरी दोस्रो पुरस्कार उपविजेता टिम प्रगतिशिल समाज सेवा क्बल पिङडाँडालाई १० हजार नगद, मेडल र ट्रफि पाएका थिए । दोस्रा पुरस्कार वडा सदस्य रोशन लामिछाने गुरुङ, शिव दुलाल र श्यामकुमारी विकले प्रदान गरेका थिए ।

त्यसैगरी म्यान अफ द सिरिज उपविजेता प्रगतिशिल समाजका कृष्ण तामाङले पाएका थिए । त्यसैगरी बेस्ट गोल रक्षक विजेता टिमका किसान लिम्बु, हाइस्कोर नारायण खड्का, अनुशासित खेलाडी खम्बु राई र बेस्ट प्लेयर खगेन्द्र कटुवालले पुरस्कार पाएका थिए ।

पुरस्कार भूपेन्द्र सुब्बा, सुरेश गुरुङ, राम खड्का, नवराज बस्नेत, विनोद सुब्बा र सन्दिप खत्रीले वितरण गरेका थिए ।गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको प्रमुख आतिथ्यमा भएको फाइनल खेलमा विशेष अतिथि वडा अध्यक्ष धनबहादुर राई रहेका थिए । पार्टी प्रतिनिधि नेकपाको तर्फबाट टेकबहादुर तामाङ र नेपाली कांग्रेसको तर्फबाट क्षेत्रीय सदस्य सन्तोष फुयल रहेका थिए ।

अन्य अतिथिहरु वडा सदस्यहरु रोशन लामिछाने गुरुङ, शिव दुलाल र श्यामकुमारी विक, समासेवी इन्द्र सुब्बा, भूपेन्द्र सुब्बा, भूमि दुलाल, देवेन्द्र लुईटेल, लिलम बहादुर बुढाथोकी लगाएत रहेका थिए ।

दोस्रो अन्तर वडा फुटबल प्रतियोगिता खेल २२ गते सुरु भएर २८ गते समापन भएको छ । गत बर्ष प्रथम अन्तर वडा फुटबल प्रतियोगिताको आयोजना भएको थियो ।

खेल प्रतियोगितामा वडा भरीका ८ वडा टिमले सहभागिता जनाएको थियो । मातुभूमि समाज सेवा क्लब(क), धम्कुवा युवा क्लब, संयुक्त गुम्बा युवा क्लब, श्रीसमाज सेवा क्लब, हस्तिनापुर युवा क्लब, श्री मातृभूमि समाज सेवा क्लब(ख), प्रगतिशिल युवा क्लब र बयरवन युवा जमात गरी जम्मा ८ वडा टिमले सहभागिता जनाएको थियो ।

पथरीका पहिलो गाविस अ ...

पथरीशनिश्चरे/ मोरङको पथरी गाउँविकास समितिका पहिलो अध्यक ...

दमकमा सार्वजनिक शौचा ...

दमक/ सधैँ व्यस्त हुने पूर्व–पश्चिम राजमार्गको साथ ...

स्कुलबाट मटर बरामद ...

भण्टाबारी/ सुनसरी प्रहरीले एक बोर्डिङ स्कुलमा छापा मारी ...

स्वदेशी सुन्तलालाई क ...

धरान/ बेस्वादिला भए पनि विदेशबाट आयात गरिएका सुन्तला आक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved