मधुमल्ला / विगत लामो समय देखी मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बिषेश गरी खेलकुद र विभिन्न प्रकारका सेवा कार्य गर्दै आएको नवदिप युवा क्लबको चौंथो साधारण सभाले देउमान तामाङको अध्यक्षमा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको छ ।

मंगलबार नवदिप युवा क्लबकोे सभाहलमा भएको भेलाले सर्वसहमत रुपमा नेतृत्व चयन गरेको हो । क्लबको उपाध्यक्ष, सचिब, सह सचिब, कोषाध्यक्ष र सदस्यहरुमा क्रमश सुनिता थक्सु,अनिल खड्गी,प्रविन राई, र मदन श्रेष्ठ सर्ब सहमत चयन भएका हुन ।

सो कार्यक्रम स्थानीय समेजसेवी जयलाल तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । क्लबका सचिब सुरेन्द्र श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्ष क्लबका निर्वतमान अध्यक्ष तारानाथ मगर कैलासको अध्यक्षतमा सम्पन्न भएको थियो ।